News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद सन्दीप रानासहितको टोलीले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन् ।
- भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध, विकास सहकार्य र भारतमा रहेका नेपालीहरूको अवस्थाका बारेमा कुराकानी भएको छ ।
- सांसद रानाले भेटका क्रममा मुख्यमन्त्री फडणवीसलाई नेपाली ढाकाटोपी उपहार दिएका छन् ।
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन् ।
प्रतिनिधिसभा सदस्य सन्दीप रानासहित कांग्रेस नेताहरूले मुख्यमन्त्री फडणवीससँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा पाल्पा–१ बाट निर्वाचित कांग्रेस नेता रानाले उनलाई ढाकोटोपी उपहार दिएका थिए ।
भेटमा कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि सहभागी थिए ।
नेता रानाले महाराष्ट्रका मुख्यमन्त्री फडणवीससँगको भेटघाटपछि सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू राखेका छन् ।
उनले भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध, विकास सहकार्य र भारतमा विभिन्न पेशा गरी बसोबास गर्दै आएका नेपालीहरूको अवस्था बारे कुराकानी भएको उल्लेख गरेका छन् ।
‘स्नेहिल भेट र न्यानो मायाका लागि माननीय मुख्यमन्त्रीप्रति हृदयदेखि आभार । नेपाल–भारतको अलौकिक सम्बन्ध अमर रहोस्,’ सांसद रानाले लेखेका छन् ।
प्रतिक्रिया 4