+
+
Shares

बुद्धिसागर र सौरभ चौधरीले ‘द राइज अफ साम्राज्य’ मा सहकार्य गर्ने, छायांकन भदौदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डार्क हर्स इन्टरटेन्मेन्टले आगामी एक्सन ड्रामा फिल्म ‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने घोषणा गरेको छ ।
  • निर्देशक सौरभ चौधरीले फिल्मको शीर्षक र लोगो सार्वजनिक गर्दै भदौ पहिलो साताबाट छायांकन सुरु हुने जानकारी दिनुभयो ।
  • उक्त फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका छन् भने यसको छायांकनका लागि ७० दिनको समय तालिका निर्धारण गरिएको छ ।

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टले आगामी फिल्म ‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने भएको छ । सोमबार ‘टाइटल लोगो’ सार्वजनिक गदैै निर्देशक सौरभ चौधरीले फिल्म बनाउने जनाएका हुन् ।

यो फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । निर्मातामा प्रवेश चौधरी र नीला देव छन् । सहायक निर्मातामा विश्वास बस्नेत र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिस र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गर्छ ।

पृष्ठभूमिमा केही व्यक्तिले रामलीला नाटक देखाइरहेको धमिलो दृश्य देखिन्छ, जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ ।

यो चलचित्र एक्सन ड्रामा जनरामा आधारित हुने बताइएको छ । लाइनअप र निर्माणको स्केलको हिसाबले यो फिल्म भव्य हुने कार्यकारी निर्माता पाण्डेले बताए ।

यो फिल्मका अभिनय कलाकार सार्वजनिक गरिएको छैन । भदौ पहिलो साताबाट छायांकन सुरु हुने र तालिका ७० दिनको हुने बताइएको छ । फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । एक्सन कोरियोग्राफरमा श्री श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?