+
+
Shares

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच पेन्सन योजना सञ्चालन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउने सम्झौता भएको छ।
  • प्रति कर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुने गरी नगरपालिका र कर्मचारी दुवै पक्षबाट दुई हजार पाँच सय रुपैयाँ योगदान गरिनेछ।
  • सहभागी कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्ने र हकवालालाई समेत सुविधा पाउने व्यवस्था गरिएको छ।

११ साउन, काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सोमबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसको लागि पालिकाको तर्फबाट दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीको तर्फबाट पनि सोही बराबरको रकम गरी प्रति कर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुनेछ ।

सम्झौता अनुसार सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुष्ठ वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउने तथा दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने उल्लेख छ ।

योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी र व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनुपर्नेछ । कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रकम फिर्ता लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?