News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न १३ साउनका लागि केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ ।
- कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
- श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले भोलि १३ साउनका लागि केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
श्रेष्ठको हेलिस अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
दुलालका अनुसार आकस्मिक बैठक बुधबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । सो पश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको दुलालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4