+
+
Shares

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई प्रदेश सरकारले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घाइते तथा आगजानी पीडित परिवारलाई जनही ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभयो।
  • सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न आठबुँदे निर्णय गर्दै सुरक्षा सतर्कता अपनाउने र स्थानीय तहमा सद्भाव यात्रा सञ्चालन गर्ने सहमति गरेको छ।

१३ साउन, विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

घाइते परिवारलाई जनही ५० हजारका दरले राहत दिने घोषणा गरेको सरकारले घर, पसल र अन्य आगजानी भएका परिवारलाई पनि  ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।

सर्वदलीय बैठकले विभिन्न ८ बुँदे निर्णय समेत गरेको छ। साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारलको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो ।

सरकारले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?