+
+
Shares

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न एमालेको माग

एमालेले आज वक्तव्य जारी गर्दै चिकित्सकहरूको आन्दोलनप्रति आवश्यक ध्यान दिन सरकारसँग माग राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले चिकित्सकहरूको आन्दोलनप्रति सरकार चरम उदासिन र गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
  • ‘यस्तो विषम र संवेदनशील परिस्थितिमा पनि वर्तमान सरकार पूर्णत: उदासिन, गैरजिम्मेवार र मूकदर्शक बनेको छ,’ एमालेको वक्तव्यमा उल्लेख छ ।
  • एमालेले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न र वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

१३ साउन, काठमाडौं । नेकपा एमालेले बिरामीको स्वास्थ्यप्रति सरकार चरम उदासिन बनेको बताएको छ ।

एमालेले आज वक्तव्य जारी गर्दै चिकित्सकहरूको आन्दोलनप्रति आवश्यक ध्यान दिन सरकारसँग माग राखेको छ ।

‘यस्तो विषम र संवेदनशील परिस्थितिमा पनि वर्तमान सरकार पूर्णत: उदासिन, गैरजिम्मेवार र मूकदर्शक बनेको छ,’ एमालेको वक्तव्यमा भनिएको छ, ‘जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको यो चरम उदासीनप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ ।’

एमालेले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेशागत एवं शारीरिक सुरक्षाको ग्यारेन्टी गर्न पनि माग राखेको छ । जसका लागि वार्ता उपयुक्त माध्यम हुने सुझाव पनि एमालेले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?