+
+
Shares

रास्वपा सचिवालयमा हाल निर्वाचित पदाधिकारी मात्रै रहने, मन्त्रीले हरेक महिना पार्टीमा ब्रिफिङ गर्नुपर्ने

असारको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नै सचिवालयमा राख्ने निर्णय गर्दै रास्वपा बैठक सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते २०:०३

१३ साउन, काठमाडौं । असारको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नै सचिवालयमा राख्ने निर्णय गर्दै रास्वपा बैठक सकिएको छ ।

सचिवालय सदस्यका आकांक्षी व्यवस्थापन गर्न कठिन परेपछि सभापति रवि लामिछानेले यस्तो निर्णय गरेका हुन् ।

बालेन शाहकाे टिमबाट सदस्यमा नाम नआएको, अरु आकांक्षीको संख्या थपिएको अवस्थामा सभापति रवि लामिछानेले हाललाई सभापति, उपसभापतिहरू, महामन्त्री, सहमहामन्त्री रहेको टिमलाई सचिवालयको मान्यता दिने प्रस्ताव राखेका थिए ।

बैठकले उक्त प्रस्ताव पास गरेको नेताहरूले जानकारी दिएका छन् ।

‘केही समयपछि सचिवालय विस्तार हुनेछ, हाललाई पदाधिकारी नै सचिवालय सदस्य हुनुभयो,’ एक नेताले बताए ।

चितवनमा सम्पन्न प्रथम महाधिवेशनले सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, तीन सहमहामन्त्रीमा असीम शाह, हरि ढकाल र निशा डाँगी गरी सात जना पदाधिकारी निर्वाचित गरेको थियो ।

विधानअनुसार २५ जना बनाउन सकिने व्यवस्था छ । जसअनुसार बाँकी मनोनीत गर्ने रास्वपाको तयारी छ ।

रास्वपाले क्याबिनेट सदस्यहरूले हरेक महिना पार्टीमा आफ्ना कामबारे ब्रिफिङ गर्नुपर्ने निर्णय पनि गरेको छ ।

तर क्याबिनेट बैठकका कारण यो निर्णय हुने बेलामा अधिकांश मन्त्री र स्वयं प्नधानमन्त्री बालेन शाह बैठकमा सहभागी थिएनन् ।

असारको महाधिवेशनपछि रास्वपाले समीक्षासहित पहिलो बैठक राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?