News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा सांसदहरूको कमजोर उपस्थितिबारे विश्लेषण गर्न अध्ययन समिति गठन गरेको छ ।
- मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद्को गरिमा जोगाउन हाजिरी विवरण संकलन गरी अध्ययन गर्न लागिएको जानकारी दिए ।
- सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सात दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
२४ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदको हाजिरी विश्लेषण प्रतिवेदन तयार गर्दैछ ।
पछिल्लो समय संसद्मा सांसदहरूको अपेक्षित उपस्थिति नभएको भनेर रास्वपाले अध्ययन गर्न लागेको हो ।
संसद् बैठकमा सुरुमा उपस्थित भएपनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदैजाने देखिएकाले हाजिरी विश्लेषण गर्न लागिएको रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार बैठकको हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन दिन संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ ।
प्रतिनिधिसभाको अघिल्लो अधिवेशन र चालु अधिवेशनको असार मसान्तसम्मको सांसदको हाजिरीका विषयमा अनलाइनखबरले संघीय संसद् सचिवालयसँग सूचनाको हक प्रयोग गरेर विवरण मागेको थियो । त्यसको समाचार सामग्री यसअघि सम्पेषण भइसकेको छ ।
जसमा शीर्ष नेताहरूकै उपस्थिति कमजोर देखाएको थियो । शतप्रतिशत संसद्मा जाने सांसद पनि थोरै मात्र देखिएका थिए ।
साथै, एकै दिन संसद्मा दुई–तीन वटा बैठक बस्दा क्रमश: सांसदको हाजिरी कम हुँदैगएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया 4