News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बुढानिलकण्ठबाट २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँको सट्टेबाजी गराएको आरोपमा ४१ वर्षीय प्रेम थापा पक्राउ परेका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो।
- अदालतबाट ५ दिनको म्याद थप गरी उनीविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
२४ साउन, काठमाडौं । सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढानिकलण्ठ नगरपालिका–११ बस्ने ४१ वर्षीय प्रेम थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँ बराबरको सट्टेबाजी गराएको आरोप छ । पक्राउ परेका उनीविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4