News Summary
Generated by OK AI. Editorially reviewed.- मानव बेचबिखन र जबरजस्ती करणीको कसुरमा रेड नोटिस जारी भएका मो. ताहिर राईनलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
- इन्टरपोल शाखाको समन्वयमा पक्राउ परेका राईनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
- विमानस्थलमा नियन्त्रणमा लिइएका राईनलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ ।
२५ साउन, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसुरमा रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।
धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको हो । पक्राउ परेका राईनलाई कतारबाट कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो ।
विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ ।
प्रतिक्रिया 4