+
+
Shares

आन्दोलनमा स्रेस्ता जलेको बहानामा सरकारी सम्पत्ति मिनाहा गर्न सकिँदैन : खगेन्द्र सुनार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद खगेन्द्र सुनारले आन्दोलनमा सरकारी स्रेस्ता जलेको बहानामा सरकारी सम्पत्ति मिनाहा गर्न नमिल्ने बताएका छन्।
  • उनले डेढ खर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको विषयमा कसैलाई पनि सुनपानी छर्कन नमिल्ने बताएका हुन्।
  • अतीतमा कार्यालय जलाएको भन्दै बदमासी गर्ने प्रवृत्ति दोहोरिन नहुने भन्दै उनले सरकारी कागजातको वास्तविक अवस्था अध्ययन हुनुपर्ने माग गरेका छन्।

२६ साउन, काठमाडौं । सांसद खगेन्द्र सुनारले आन्दोलनमा सरकारी स्रेस्ता जलेको बहानामा सरकारी सम्पत्ति मिनाहा गर्न नसकिने बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले डेढ खर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको सन्दर्भमा कसैलाई पनि सुनपानी छर्कन नमिल्ने बताए ।

‘कार्यालय कति जलेको हो, कागजात सबै जलेको हो कि, अलिकति मात्र जलेको हो, त्यो त हामीले हेर्न पाउनु पर्‍यो,’ उनले भने ।

विगतमा माओवादी आन्दोलनलाई दोष लगाउँदै गाविस सचिवहरुले गर्ने बदमासी उनले स्मरण गरे । त्यतिबेला माओवादीले कार्यालय जलायो भन्दै सदरमुकाममा घर ठड्याउने गरेको प्रवृत्ति देखिएको उनले बताए ।

पश्चिम नेपालमा भूकम्प जाँदा जनताका घर ढलेको अवस्थामा प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौंमा घर ठड्याएको भन्दै यो प्रवृत्तिलाई आँखा चिम्लन नमिल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?