News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को शुभारम्भ गरिएको छ।
- प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अध्यक्ष ऋतुसिंह वैद्यले संयुक्त रूपमा एक्स्पोको उद्घाटन गर्नुभएको छ।
- एक्स्पोमा ५५ वटा ब्राण्डका ४० भन्दा बढी नयाँ सवारीसाधन प्रदर्शनीमा राखिएका छन् र यो कार्यक्रम ३१ गतेसम्म चल्नेछ।
२६ साउन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पो शुभारम्भ गरे ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडल नयाँ सवारी सार्वजनिक गरिनेछन् ।
एक वर्षअघि उत्पादक र आयातकर्ता मिलेर स्थापना गरिएको नाइमाले दोस्रो संस्करणको एक्स्पो गरेको हो । एक्स्पोमा विभिन्न थरिका चार पाँग्रे तथा दुईपांग्रे सवारीसाधन राखिएको छ ।

हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङजस्ता चार पांग्रे सवारीसाधनको सहभागिता रहेको छ ।
त्यस्तै दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्यूजोरबगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोरसीएक्स ब्राण्ड रहेका छन् ।

नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ । ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा २ सय रूपैयाँ टिकट शुल्क राखिएको छ । विद्यार्थीको हकमा भने ५० प्रतिशत छुट दिइएको छ ।











प्रतिक्रिया 4