+
+
Shares

भृकुटीमण्डपमा सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र अध्यक्ष ऋतुसिंह वैद्यले भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।
  • एक्स्पोमा ५५ वटा ब्राण्डका ४० भन्दा बढी नयाँ सवारीसाधनका मोडलहरू प्रदर्शनमा राखिएका छन् ।
  • ३१ साउनसम्म चल्ने उक्त प्रदर्शनीमा सर्वसाधारणका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ ।

२६ साउन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।म‌ंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पो शुभारम्भ गरे ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडल नयाँ सवारी सार्वजनिक गरिनेछन् ।

एक वर्षअघि उत्पादक र आयातकर्ता मिलेर स्थापना गरिएको नाइमाले दोस्रो संस्करणको एक्स्पो गरेको हो । एक्स्पोमा चार पाँग्रेतर्फ हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङ ब्राण्ड सहभागी छन् ।

त्यस्तै दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्यूजो/बगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटो/सीएक्स ब्राण्ड रहेका छन् ।

नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ । ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा २ सय रूपैयाँ टिकट राखिएको छ । विद्यार्थीको हकमा भने ५० प्रतिशत छुट दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?