+
+
Shares

फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता सेवा सुरु भएको दुई वर्षमै ५० हजार नाघेका छन् ।
  • फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले क्रेडिटको पहुँचलाई हरेक नेपालीका लागि समावेशी बनाउनु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताएका छन् ।
  • ग्राहकले नौवटा साझेदार बैंकका मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्ड प्राप्त गरी २० लाखभन्दा बढी क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

२६ साउन, ललितपुर । फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता सेवा सुरु भएको दुई वर्षकै समयमा ५० हजार नाघेका छन्। फोनपेले यो उपलब्धिलाई नेपालको विकसित हुँदै गएको डिजिटल वित्तीय परिदृश्यमा महत्वपूर्ण कोशेढुंगाका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा छिटो, सहज, पहुँचयोग्य र प्रविधिमैत्री कर्जा समाधानप्रति उपभोक्ताको बढ्दो माग र डिजिटल क्रेडिटप्रतिको विश्वासलाई प्रतिबिम्बित गरेको छ।

‘नेपालको मोबाइल बैंकिङ एपमै प्रत्यक्ष रूपमा एकीकृत गरिएको पहिलो पूर्णतः भर्चुअल क्रेडिट कार्डका रूपमा फोनपे क्रेडिट कार्डले ग्राहकलाई क्रेडिट प्राप्त गर्ने र प्रयोग गर्ने प्रक्रियालाई सहज बनाएको छ’ कम्पनीले जारी विज्ञप्तिमा भनेको छ ।

हाल ग्राहकले सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स गरी नौ साझेदार बैंकका मोबाइल बैंकिङ एपमार्फत तत्काल आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नेछन्।

फोनपे क्रेडिट कार्डमार्फत ग्राहकले देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

फोनपेका अनुसार दैनिक प्रयोग हुँदै आएका बैंकिङ प्लेटफर्ममै क्रेडिट सुविधा एकीकृत गरिएकाले औपचारिक क्रेडिट सेवाको पहुँच थप समावेशी र सहज बनाउन सहयोग पुगेको छ। यसले परम्परागत रूपमा क्रेडिट सेवामा कम पहुँच भएका वर्गसम्म पनि यस्तो सुविधा विस्तार गर्न मद्दत गरेको कम्पनीको दाबी छ।

यस उपलब्धिबारे फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालमा परम्परागत क्रेडिट कार्डको इतिहास ३६ वर्ष लामो रहेको बताए। उनका अनुसार हालसम्म परम्परागत क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या ३ लाखभन्दा केही बढी रहेको अवस्थामा फोनपे क्रेडिट कार्डले दुई वर्षमै ५० हजार प्रयोगकर्ता पार गरेको हो।

उनले यो उपलब्धि केवल प्रयोगकर्ताको संख्या वा तीव्र वृद्धिको विषय नभई क्रेडिटको पहुँच विस्तारसँग जोडिएको बताए। ‘क्रेडिटको पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्दै यसलाई सीमित वर्गमा मात्र नराखी हरेक नेपालीका लागि थप समावेशी र पहुँचयोग्य बनाउनु हाम्रो उद्देश्य हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?