News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा रिक्त रहेको उक्त पदका लागि १३ जनामध्येबाट उप्रेतीलाई छनौट गरेको हो।
- यसअघि बोर्डमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरू पदमुक्त भएपछि लामो समयदेखि उक्त पद रिक्त रहेको थियो।
२६ साउन, काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि १३ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जना अन्तर्वार्ताका लागि छनौटमा परेका थिए । जसमा उप्रेतीसहित अशोककुमार घिमिरे, विशाल भट्टराई, सरोजकुमार शर्मा र सुदिप देवकोटा रहेका थिए ।
वर्तमान सरकारले अघिल्ला सरकारको पालामा राजनीतिक नियुक्ति पाएकाहरूलाई अध्यायदेशमार्फत पदमुक्त गरेको थियो । सोही अनुसार बोर्डको तत्कालीन कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेती समेत पदमुक्त भएका थिए । लामो समयदेखि रिक्त रहेको उक्त पदमा मन्त्रालयले सहसचिव चन्द्रबहादुर सिवाकोटीलाई निमिक्तको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया 4