+
+
Shares

११६ दिनदेखि धर्नामा दीपा नेपाली

राजधानीमा जातका आधारमा हजारौं दलित आवासबाट वञ्चित हुने गरेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जातीय विभेदविरुद्ध दीपा नेपालीले काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेको ११६ दिन पुगेको छ ।
  • राष्ट्रिय सभाको शून्य समयमा सांसद तुलप्रसाद विश्वकर्माले दीपाको मागप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • सांसद नरबहादुर बिस्टले राजधानीमा थर र जात सोधेर कोठा नदिने प्रवृतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

२७ साउन, काठमाडौं । दीपा नेपाली काठमाडौंको माइतीघर मण्डलामा डेरामा हुने जातीय विभेदविरुद्ध धर्नामा छिन् ।  ‘सरकार ! कोठा खाली छ ?’ भन्दै उनले धर्ना सुरु गरेको ११६ दिन पुग्यो । तर सरकारले उनको मागको सुनुवाइ गरेको छैन ।

यो विषय संसद्‌मा पनि निरन्तर उठ्दै आएको छ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।

‘दीपा नेपाली ११६ दिनदेखि ‘सरकार ! कोठा खाली छ ?’ भनेर माइतीघर मण्डलामा धर्नामा हुनुहुन्छ । सरकारको ध्यान त्यता गएको छैन’ उनले बुधबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै भने ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर बिस्टले पनि यो विषय उठाए ।

‘दीपा नेपालीले सरकार ! कोठा खाली छ ? भनेको ११६ दिन भएछ । यो सरकारले कोठा अहिलेसम्म पाएको रहेनछ’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलितको सन्दर्भमा विगतमा भएको थिचोमिचोउपर माफी मागेका थिए । माफी माग्नुको अर्थ अरु केही नगर्नु हो र भनेर सांसद बिस्टले प्रश्न गरेका हुन् ।

सुदूरपश्चिमबाट काठमाडौं आउँदा गाउँमा भोगिएको जातीय विभेद राजधानीमा पनि अन्त्य नभइसकेको उनको भनाइ छ । काठमाडौँमा घरभाडामा बस्न थर के हो ? जात के हो ? भनेर सोधनी हुने गरेको भन्दै उनी यस्तो प्रवृतिको विरोधमा धर्नामा बसेकी हुन् ।

राजधानीमा जातका आधारमा हजारौं दलित आवासबाट वञ्चित हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार काठमाडौँमा धेरै दलित विद्यार्थी र जागिरेहरू बाध्य भएर आफ्नो थर परिवर्तन गरेर बसिरहेका छन् । कतिले साथीको नागरिकता प्रयोग गरेर कोठा लिएर बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?