+
+
Shares

स्वास्थ्य सुधार भएपछि जेएन थपलिया डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।
  • अठार साउनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बेहोस भएपछि उनलाई उपचारका लागि मध्यपुर ठिमी र पछि वीर अस्पताल भर्ना गरिएको थियो ।
  • थपलियालाई हटाएर पार्टीले किरण थापामगरलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

२७ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन राति बेहोस भएर ढलेपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँबाट वीर अस्पताल सरेका थपलियाको एक साता बढी बीर अस्पतालमा उपचार भयो । ‘रिर्पोटहरु नर्मल आएपछि हिजो मात्र डिस्चार्ज हुनुभयो,’ थपलियाका छोरा सुरजले भने, ‘आज चितवन फर्कदैछौं ।’

थपलियालाई हटाएर ओलीले किरण थापामगरलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?