+
+
Shares

जेएन थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ साउन २७ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।
  • पार्टीको निर्देशन अनुसार थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रक्रिया अगाडि बढाइएको हो।
  • एमाले प्रदेश अध्यक्ष कैलाश ढुंगेलले उक्त अविश्वासको प्रस्ताव प्रक्रियामा गएको पुष्टि गर्नुभएको छ।

२७ साउन, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अगाडि बढाइएको छ ।

स्रोतका अनुसार एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ‘पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको छ, सोही अनुसार आज प्रस्ताव दर्ता गरिएको हो,’ एक नेता भन्छन् ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि अविश्वासको प्रस्ताव प्रक्रियामा गएको पुष्टि गरे । ‘प्रक्रिया अगाडि बढेको बुझेको छु, थप विवरण मसँग आएको छैन,’ ढुंगेलले अनलाइनखबरसँग भने ।

थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको थियो । तर गुन्डुमा यसबारे छलफल हुँदा थपलिया बेहोस् भएपछि अविश्वासको प्रस्ताव प्रक्रियामा लगिएको थिएन ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?