+
+
Shares

दिवंगत डा. पाण्डेको परिवारद्वारा तीन संस्थालाई एक करोड दान

दिवंगत नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको परिवारले उनको सम्झनामा तीन संस्थालाई एक करोड रुपैयाँ दान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १६:३६

२८ साउन, काठमाडौं । दिवंगत नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको परिवारले उनको सम्झनामा तीन संस्थालाई एक करोड रुपैयाँ दान गरेका छन् ।

स्व. पाण्डेको इच्छाबमोजिम उनको परिवारले प्राज्ञिक क्षेत्रमा काम गर्ने मार्टिन चौतारी, नर्थसाउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई एक करोड दान गरेको जनाएको छ ।

सो रकम तीन ओटै संस्थाबीच बराबरी भाग लाग्नेगरी प्रदान गरिएको हो । उक्त रकम डा. प्रिनिति पाण्डेले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाइ हस्तान्तरण गरेकी छन् ।

परिवारस्रोतका अनुसार डा. पाण्डेले नेपालको गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकारसम्बन्धी अध्ययन, अनुसन्धानमा टेवा पुग्ने अपेक्षा अनुरूप ती संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने अपेक्षा राखेका थिए ।

तर, पछिल्लो केहीवर्ष आफै प्रतिकूल स्वास्थ्य अवस्थामा पुगेको र ८७ वर्षको उमेरमा क्यान्सर रोग लाग्दा सम्पूर्ण ध्यान उपचारमै केन्द्रित रहँदा त्यो इच्छा पूरा हुननसकेको परिवारले जनाएको छ ।

यही क्रममा डा. पाण्डको साउन १ गते निधन भएको थियो ।

प्रदान गरिएको रकम सीमान्तकृत समुदायभित्रका गरीब परिवारका बालबालिका र युवाहरूको शैक्षिक अवसर वृद्धि गर्ने क्रियाकलापमा प्रयोग हुने ती संस्थाले जनाएका छन् । ती कार्यक्रमका निर्णयमा दाता र उनको परिवार संलग्नसमेत नरहने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?