News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको पुतलीबजारस्थित अरौंदी खोलाले बगाउँदा बाडखोलाका २१ वर्षीय सलिम मगर बेपत्ता भएका छन्।
- मोटरसाइकलमा सवार मगर खोलाको कजवे पार गर्ने क्रममा बगेका हुन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
- जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बेपत्ता युवकको खोजी गरिरहेका छन्।
२९ साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । अविरल वर्षापछि बढेको खोलाले पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगरलाई बगाएको हो ।
गएराति मोटरसाइकलमा पुतलीखेतबाट स्याङ्जा बजारतर्फ आउँदै गरेका मगर अरौंदी खोलाको कजवे पार गर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार मगर ग ११ प ८१८३ नम्बरको मोटरसाइकलमा सवार थिए । कजवे तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाए पनि मोटरसाइकल भने घटनास्थलमै फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीद्धारा बेपत्ता मगरको खोजी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4