News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ जिल्ला कारागारमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीहरूले छतमा चढेर विरोध प्रदर्शन गरेका छन्।
- प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको सुरक्षा टोलीले कारागारभित्रको सुरक्षा व्यवस्था कडा पार्दै केही कैदीलाई स्थानान्तरण गर्ने तयारी गरेको थियो।
- प्रहरीले खानतलासी गर्दा प्रशासनले अनावश्यक दुःख दिएको आरोप लगाउँदै कैदीहरूले कारागारको ब्लक 'बी' मा अवरोध सिर्जना गरेका छन्।
१ भदौ, विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।
विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागारमा छ ।
प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेको थियो ।
तर प्रहरीको टोलीले खानतलासी सुरु गरेपछि ब्लक ’बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रशासनले बारम्बार दु:ख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन् ।
प्रतिक्रिया 4