+
+
Shares

श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, ३ सय बढी प्रतिष्ठानको निरीक्षण 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले साउनमा १ करोड ४० लाख ५२ हजार ८ सय १५ रुपैयाँ बराबरको श्रमिक पारिश्रमिक भुक्तानी गराएको छ।
  • विभागले साउनमा ३ सय ७१ वटा बालश्रम निरीक्षण गर्दै बालश्रम गराउने प्रतिष्ठान र व्यक्तिलाई २ लाख २० हजार रुपैयाँ जरिबाना गरेको छ।
  • साउनमा ३ सय व्यक्तिगत र २६ सामूहिक दाबी उजुरी दर्ता भएकामा ८१ श्रम विवाद समाधान भएका छन्, एक औद्योगिक दुर्घटनामा एक श्रमिकको मृत्यु भएको छ।

२ भदौ, काठमाडौं ।  युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम अधिकारको रक्षा, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान र आर्थिक भुक्तानी व्यवस्थापनमा सक्रियता देखाएको छ।

साउन महिनामा विभागले श्रमिकहरूको अधिकार र पारिश्रमिक भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आदेश र निर्देशन बमोजिम विभिन्न प्रतिष्ठानका श्रमिकहरूलाई १ करोड ४० लाख ५२ हजार ८ सय १५ रूपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ।

श्रमिकहरूबाट निवेदन वा मुद्दा परी प्रतिष्ठान र श्रमिकबिच आपसी सहमतिमा ७२ लाख ७१ हजार ९ सय २७ भुक्तानी गराइएको छ। विभिन्न शीर्षकमा गरिएका दण्ड, जरिबाना तथा क्षतिपूर्ति बापत ७१ लाख ३५ हजार ३ सय ७१ रकम असुली गर्ने निर्णय गरेको छ।

विभागले बालश्रम उन्मुलनका लागि आफ्नो अनुगमनलाई तीव्र बनाएको छ। यस महिनामा मात्र देशैभर ३ सय ७१ वटा बालश्रम निरीक्षण गरिएका छन्। यसै क्रममा बालश्रम गराए बापत विभिन्न प्रतिष्ठान तथा व्यक्तिहरूलाई २ लाख २० हजार जरिबाना गरिएको छ।

श्रम ऐन र सुरक्षा मापदण्डको पालना गराउन विभागले देशभरका ३ सय ७१ वटा प्रतिष्ठान र १ सय ४२ वटा ‘ब्वायलर’को निरीक्षण गरेको छ। यसका साथै २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीहरूको निरीक्षण गरेको छ।

यस अवधिमा श्रमिकहरूका तर्फबाट ३ सय वटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए । जसमध्ये ८१ वटा श्रम विवाद आपसी समझदारी र कानुनी प्रक्रिया मार्फत समाधान गरिएका छन् । तर, यसै महिना एउटा औद्योगिक दुर्घटना दर्ता भएको छ, जसमा एक श्रमिकको मृत्यु भएको छ।

विभागले सेवा प्रवाहलाई थप मर्यादित र जनमुखी बनाउन विभिन्न सुशासनका सूचकाङ्कहरू लागु गरेको छ। गुनासो व्यवस्थापन तर्फ सेवाग्राहीहरूलाई ‘पहिले आउनेलाई पहिले सेवा’को आधारमा छिटोछरितो सेवा प्रदान गर्ने गरिएको विभागले जनाएको छ।

साथै, सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार गर्ने, कार्यालयहरूमा उजुरी पेटिका राखी नियमित रूपमा त्यसको निरीक्षण गर्ने, मासिक रूपमा छलफल आयोजना गर्ने र गुनासो सुन्नका लागि प्रभावकारी जनसम्पर्क गर्ने कार्यहरू भइरहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?