+
+
Shares

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा २७ बैठकमा अनुपस्थित भएपछि पदमुक्त भएका छन्।
  • सभामुख भीमबहादुर भण्डारीले संविधानको धारा १८० को(घ) अनुसार मंगलबार देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
  • प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार देउवा ११ महिनादेखि अमेरिकामा छन्।

२ भदौ, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनकाअनुसार कुनै जानकारी नदिएर देउवा सभामा उपस्थिति नभएका कारण सभामुखले उनलाई संविधानको धारा १८० को(घ) अनुसार पदमुक्त गरेका हुन् ।

देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?