+
+
Shares

विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग यसबारे संसद्लाई जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको मन्त्री विराजभक्त श्रेष्ठले संसद्लाई जानकारी दिएका छन्।
  • मन्त्रालयले काठमाडौं उपत्यका र प्रमुख शहरमा स्मार्ट मिटरिङ, सबस्टेसन अटोमेसन, नयाँ सबस्टेसन निर्माण तथा प्रसारण र वितरण लाइन विस्तार अघि बढाएको छ।
  • ऊर्जा मन्त्रालयको ११५१ हटलाइनमा नयाँ सरकार गठनपछि ३१ हजार ४९६ गुनासो सम्बोधन भएको मन्त्री श्रेष्ठले बताएका छन्।

३ भदौ, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग यसबारे संसद्लाई जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठलाई नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालको ऊर्जा प्रणालीको विद्यमान अवस्था तथा विद्युत् सेवा प्रवाहका क्रममा देखिएका समस्या सम्बन्धमा प्रश्न गरेकी थिइन् ।

जवाफमा मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको बताएका हुन् ।

स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार

मन्त्री श्रेष्ठका अनुसार स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले विभिन्न ठोस कदम अघि बढाइएको छ ।

काठमाडौं उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार गर्ने कार्य अघि बढाइएको छ ।

शहरी क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ ।

औद्योगिक क्षेत्रहरूमा भोल्टेजको उतार चढाव न्यूनीकरण गर्दै भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न डेडिकेटेड फिडरलगायतका पूर्वाधार निर्माण तथा सुधारका काम अघि बढाइएका छन् । यसरी विद्युत् वितरण प्रणालीलाई थप मजबुत, भरपर्दो र गुणस्तरीय बनाउने प्रक्रिया निरन्तर अघि बढाइनेछ ।

नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा जिर्णोद्वारका कार्य कार्यतालिका बनाएर योजनाबद्ध तरिकाले गर्दै आएको मन्त्री श्रेष्ठले बताए ।

यस क्रममा प्राधिकरणले सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा आधिकारिक सूचनाका माध्यममार्फत पूर्वसूचना दिई विद्युत् कटौती गर्दै आएको बताए ।

उनका अनुसार विद्युत् प्राधिकरणले यस्ता प्रणालीगत समस्या र मर्मत सम्भारसम्बन्धी सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।

तथापि, आकस्मिक रूपमा विद्युत् अवरुद्ध हुने घटनाका सम्बन्धमा समेत उपभोक्तालाई तत्काल सूचना उपलब्ध गराउने प्रणालीलाई समेत प्राधिकरणले थप प्रभावकारी बनाइँदै विभिन्न माध्यमबाट सूचना प्रवाहको कार्य थालनी गरिसकेको छ ।

३१ हजार ४९६ वटा गुनासो सम्बोधन

मन्त्री श्रेष्ठका अनुसार जनताको गुनासो तत्काल सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २४सै घण्टा सञ्चालन हुने ११५१ हटलाइन, नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन तथा ‘नो लाइट सेवामार्फत गुनासो सुनुवाइ र समाधानको काम हुँदै आएको छ ।

मन्त्रालयको हट लाइनमा नयाँ सरकार गठन भएपश्चात ३१ हजार ४९६ वटा गुनासो सम्बोधन भएको विषयसमेत म यस गरिमामय सदनलाई जानकारी गराउन चाहन्छु । मन्त्रालयको हट लाइनले प्राप्त गुनासोलाई सम्बन्धित कार्यालय तथा अधिकारीसँग समन्वय गरी आवश्यक सहजीकरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?