News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
- मोर्चाको मंगलबार बसेको बैठकले आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
- मोर्चामा जनता समाजवादी पार्टी, जनमत पार्टी, आम जनता पार्टीलगायत घटक दल छन् ।
३ भदौ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
मोर्चाको मंगलबार बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसआधारमा राउतले विज्ञप्ति समेत निकालिसकेका छन् ।
मोर्चाले मोर्चाका घटक दलहरू आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय समेत लिएका छन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टी छ । नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा यसमा रहेका छन् ।
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति प्रतिबद्ध रही लोकतान्त्रिक, प्रगतिशील, समाजवादी र समावेशी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्य रहेको मोर्चाले बताउँदै आएको छ ।
प्रतिक्रिया 4