News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धिका लागि आज कार्यसम्पादन सम्झौता गरेका छन्।
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूले सम्झौतामा हस्ताक्षर र प्रति आदानप्रदान गरेका छन्।
- मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि आज प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
३ भदौ, काठमाडौं । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि मन्त्रीहरूले प्रधानमन्त्री शाहले कार्यसम्पादन सम्झौता गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका छन्।
उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4