+
+
Shares

नेटफिल्क्समा गतसाता धेरै हेरिएका १० फिल्म, शीर्षमा ‘द लास्ट हाउस’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विज्ञान र मनोविज्ञान कथामा आधारित ‘द लास्ट हाउस’ गतसाता नेटफ्ल्क्सिमा ३ करोड ३५ लाख पटक हेरिँदै शीर्ष स्थानमा रह्यो ।
  • लुइस लेटियर निर्देशित यो फिल्म ९३ मुलुकको शीर्ष १० भित्र पुगेको छ र यसको रनटाइम १ घण्टा ५२ मिनेट छ ।
  • गतसाताको सूचीमा ‘डन्ट से गुड लक’ ८१ लाख भ्युजसहित दोस्रो र ‘एक्सिङ्सन’ ७४ लाख भ्युजसहित तेस्रो स्थानमा परे ।

काठमाडौं । विज्ञान र मनोविज्ञान कथामा आधारित फिल्म ‘द लास्ट हाउस’ लाई गतसाता नेटफ्ल्क्सिमा सर्वाधिक पटक हेरिएको छ । प्लाटफर्मले सार्वजनिक गरेको गतसाता धेरै हेरिएका शीर्ष १० को सूचीमा लुइस लेटियर निर्देशित फिल्म शीर्षमा छ ।

यो फिल्म एक परिवारले भोग्नुपरेको कठिनाइको कथामा छ । एन र जेसन डेलगाडो ऋणको बोझमा परेका एक सामान्य दम्पती हुन् । अचानक आएको अलौकिक आँधीबेहरीले सियाटलको उनीहरूको छिमेकका मानिसलाई घरभित्रै बस्न बाध्य बनाउँछ ।

केही समयमै उनीहरूले एउटा अदृश्य र भयावह अवरोधले आफूहरूलाई अनिश्चित समयका लागि आफ्नै घरभित्र कैद गरेको थाहा पाउँछन् । यो फिल्म ९३ मुलुकको शीर्ष १० भित्र हेरिने सूचीमा छ ।

ग्रेटा ली र वाङ्गर मौरा अभिनित फिल्मको रनटाइम १ घण्टा ५२ मिनेट छ । यो फिल्मलाई प्लाटफर्ममा ३ करोड ३५ लाख पटक हेरिएको छ । सूचीको दोस्रो स्थानमा ‘डन्ट से गुड लक’ छ, जसले ८१ लाख भ्युज प्राप्त गरेको छ । ‘एक्सिङ्सन’ ७४ लाख भ्युजसहित तेस्रो स्थानमा छ ।

‘सेभेन्टी टु आवर्स’ ६० लाख भ्यूजसहित चौंथो स्थानमा छ । पाँचौं स्थानमा ‘चार्ली एन्ड द फ्याक्ट्री’ छ जसलाई ४३ लाख पटक हेरिएको छ । छैटौं स्थानमा ‘आर्थर द किङ’ छ, जसलाई ४१ लाख पटक हेरिएको छ ।

सातौं स्थानमा ‘ह्वाट अ गर्ल वान्ट्स’ छ जसलाई ३५ लाख पटक हेरिएको छ । आठौं स्थानमा ‘स्पाइडर-म्यानः फार फ्रम होम’ छ जसलाई ३४ लाख पटक हेरिएको छ । नवौं स्थानमा ‘के–पप डेमन हन्टर्स’ छ जसलाई ३३ लाख पटक हेरिएको छ भने दशौं स्थानमा ‘इन द ल्यान्ड अफ सेन्ट्स एन्ड सिनर्स’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?