+
+
Shares

काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका-३ बाँसबारीमा बिहीबार राति करिब ८ बजेतिर वर्षाका कारण साढे दुई तले घर भासिएको छ।
  • भासिएको घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो, तर त्यसबेला मानिस नभएकाले मानवीय क्षति भएको छैन।
  • प्रहरी वृत्त महारागञ्जले उक्त घर क्षेत्र वरपरका अन्य घर पनि जोखिममा रहेकाले सचेत रहन आग्रह गरेको छ।

५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।

उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो ।

घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ ।

वर्षाका कारण उक्त घर भासिएको महानगरले जनाएको छ ।

प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?