६ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् ।
साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन् ।
ट्रम्पले अमेरिकासँग सम्झौता गर्न चाहिरहे पनि इरान सही सम्झौताका लागि तयार नरहेको आफ्नो राय रहेको पनि बताए ।
इरानलाई कहिले पनि परमाणु हतियार हासिल गर्न दिन नहुने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले परमाणु हतियार इरानले हासिल गरे अत्यन्तै नराम्रो हुने चेतावनी पनि दिए ।
अमेरिकाले क्षेत्रमा आफ्नो ठूलो सैन्य उपस्थिति राख्नुका साथै इरानमाथि आर्थिक दबावसमेत बढाएका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
अमेरिकाले सोमवार इरानविरुद्ध नयाँ प्रतिबन्धबारे जानकारी दिने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार नयाँ प्रतिबन्धको असर चीनसहितका इरानका केही ठूला कारोबार साझेदार देशमाथि पनि पर्न सक्छ ।
प्रतिक्रिया 4