+
+
Shares

होर्मुजमा अमेरिकी मार्ग प्रयोग गर्ने जहाज निशानामा परेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले होर्मुज जलडमरूमध्यमा अमेरिकी मार्गनिर्देशन प्रयोग गर्ने जहाजहरूलाई लक्षित गरिरहेको अनुसन्धानकर्ता इयान राल्बीले बताएका छन्।
  • लगातारका आक्रमणका कारण अन्तर्राष्ट्रिय सामुद्रिक संगठन र ओमानद्वारा स्वीकृत दक्षिणी समुद्री मार्ग हाल स्थगित गरिएको छ।
  • बढ्दो तनावले गर्दा होर्मुज मार्ग हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार तथा कच्चा तेलको आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

२८ असार, काठमाडौं । होर्मुजमा अमेरिकी मार्ग यात्रा गर्ने जहाजहरू इरानको निशानामा पर्न थालेको दाबी गरिएको छ। पछिल्लो जहाजमाथिको आक्रमणले विश्व समुद्री व्यापारका लागि थप चुनौती सिर्जना गरेको विश्लेषकहरूले बताएका छन्।

समुद्री रणनीति अध्ययन संस्था सेन्टर फर मेरिटाइम स्ट्राटेजी का वरिष्ठ अनुसन्धानकर्ता इयान राल्बीले पछिल्ला केही सातायता होर्मुज पार गर्न जहाजहरूले तीनवटा फरक मार्ग प्रयोग गर्दै आएको बताए।

उनका अनुसार पहिलो मार्ग इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले स्वीकृत गरेको हो, जुन अहिले सबैभन्दा बढी प्रयोग भइरहेको छ।

दोस्रो मार्ग अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) र ओमानले स्वीकृत गरेको दक्षिणी समुद्री मार्ग थियो। तर, लगातार भएका आक्रमणपछि उक्त मार्ग केही दिनमै स्थगित गरिएको उनले बताए।

तेस्रो मार्ग भने अमेरिकी मार्गनिर्देशनमा ओमानको तटीय क्षेत्र हुँदै सञ्चालन भइरहेको राल्बीले बताए। उनका अनुसार पछिल्लो आक्रमणमा परेको जहाज पनि यही मार्ग प्रयोग गरिरहेको देखिएको छ। ‘यसले अमेरिकाले उपलब्ध गराएको मार्गनिर्देशनलाई नै इरानले लक्षित गरिरहेको र त्यसको प्रतिरोध गरिरहेको संकेत गर्छ’, उनले भने।

राल्बीका अनुसार यसले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने व्यापारिक जहाजहरूलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको छ। अब उनीहरूसामु अमेरिकी मार्ग प्रयोग गर्दा आक्रमणको जोखिम मोल्ने वा इरानले स्वीकृत गरेको मार्ग रोज्ने विकल्प मात्र बाँकी रहेको देखिएको उनले बताए। ‘यदि यिनै दुई विकल्प मात्र उपलब्ध हुने अवस्था हो भने आगामी दिनमा होर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने धेरै जहाजका लागि परिस्थिति निकै कठिन बन्न सक्छ’, उनले भने।

विश्वकै सबैभन्दा व्यस्त ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापार र कच्चा तेलको आपूर्तिमा समेत असर पर्ने चिन्ता बढ्दै गएको छ।

-अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?