News Summary
Generated by OK AI. Editorially reviewed.- नीति शाह र प्रभात पाल ठकुरी अभिनित फिल्म ‘जदौ’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ ।
- असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्मलाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथामा आधारित बताइएको छ ।
- निर्देशक अन्जन शर्माले जातसम्बन्धी विभेदबाट उत्पन्न समस्या र निराकरणको पाइलालाई फिल्मले प्रस्तुत गर्ने बताए ।
काठमाडौं । नीति शाह, प्रभात पाल ठकुरी अभिनित फिल्म ‘जदौ’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु त्रिकोणात्मक हुनसक्ने संकेत गर्छ ।
असोज ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मलाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथा बताइएको छ । नेपाली समाजमा ब्याप्त जातसम्बन्धी विभेदकारी ब्यवहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालिएको पाइलालाई सजीव ढंगले प्रस्तुत गरिएको निर्देशक अन्जन शर्माले बताए ।
पटकथा लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाडल पुर्न मननीय सन्देश उजागर गरिएको बताए ।
समीश्रण मूभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापाको शीर्ष भूमिका छ ।
साथै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायतको अभिनय छ ।
प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर छ । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सह-निर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल छन् ।
प्रतिक्रिया 4