+
+
Shares

ऋचा, मुकुन, नीतिको ‘जदौ’ १२ भदौमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'जदौ' को नयाँ डिजाइन पोस्टरसहित प्रदर्शन मिति १२ भदौ २०८३ मा घोषणा गरिएको छ।
  • अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह लगायतका कलाकार छन्।
  • फिल्मले अन्तरजातीय प्रेमसम्बन्धको कथा प्रस्तुत गरेको छ र चाँडै ट्रेलर तथा प्रचार सामग्री सार्वजनिक गर्ने तयारीमा छ।

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसर पारेर ‘जदौ’ फिल्मको नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म १२ भदौमा प्रदर्शन हुनेछ ।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकार मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापालाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको फिल्मको सह-निर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन् । श्याम तामाङले खिचेको फिल्मको स्क्रीप्ट निर्देशक काजी स्वयमले लेखेका हुन ।

फिल्ममा सिपी पुडासैनी ‘धतुरे’, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन, विशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेललगायतका कलाकारको अभिनय छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ ।

फिल्मले चाँडै ट्रेलर तथा थप प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?