+
+
Shares

रूकुम पश्चिममा ईभीको ठक्करबाट दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तमा ईभी गाडीको ठक्करबाट २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार भे.१ ज १४८२ नम्बरको गाडीले आइतबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको र दुवैको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा निधन भएको हो।
  • प्रहरीले ईभी गाडी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

७ भदौ, काठमाडौं । रूकुम पश्‍चिममा ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको निधन भएको छ ।

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित सडकमा भे.१ ज १४८२ नम्बरको ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत्यु हुनेहरूमा गुल्मी रूरूक्षेत्र गाउँपालिका–४ बलेटक्चा बस्ने २६ वर्षीया स्वस्तिका पौडेल र उनकै छोरी २ वर्षीया शान्दिका ज्ञावली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ईभी गाडी चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?