+
+
Shares

डा. शशि थरुर काठमाडौं आउँदै, ‘म किन हिन्दू’ लोकार्पण हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:२३

७ भदौ, काठमाडौं । नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा भारतीय राजनीतिज्ञ तथा बौद्धिक व्यक्तित्व डा. शशि थरुरले लेखेको ‘ह्वाई आई एम अ हिन्दू’ को नेपाली अनुवाद ‘म किन हिन्दू’ लोकार्पण गरिने भएको छ ।

यही भदौ १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक लोकार्पण हुन लागेको हो । सोही कार्यक्रममा डा. थरुरले दक्षिण एसियामा बहुलवाद, आस्था र धर्मनिरपेक्ष लोकतन्त्र विषयमा डा. दोभान राईसँग अन्तर्संवाद गर्नेछन्।

डा. थरुरले ‘म किन हिन्दू’ मा आफ्ना विश्वास र विद्वत्तापूर्ण विश्लेषणमार्फत हिन्दू धर्मको विवेचना गरेका छन् । उनले परम्परागत अभ्यास एवम् हिन्दूत्वको उदय जस्ता आधुनिक राजनीतिक प्रभावहरूको विश्लेषण गरेका छन् । साथै भारतीय धर्म–निरपेक्षताका लागि हिन्दू बहुसङ्ख्यक महत्वपूर्ण रहेको तर्कसमेत प्रस्तुत गरेका छन् ।

धार्मिक कट्टरपन्थले भारतको सांस्कृतिक सम्पदालाई खतरामा पार्न सक्ने चेतावनी पनि दिएका छन् । यो पुस्तक स्वेच्छा राउतले अनुवाद गरेकी हुन् । राउत एक दशकदेखि पत्रकारितामा सक्रिय  छिन् । उनले सामाजिक विषयवस्तुमा लेख्दै आएकी छिन् ।

‘म किन हिन्दू’ फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

ह्वाई आई एम अ हिन्दूको नेपाली संस्करण नेपाल लिटरेचर फेस्टिभल–२०२५ का अवसरमा पोखरामा विमोचन गर्ने योजना थियो । तर डा. थरुर फेस्टिभलमा सहभागी हुन नसकेपछि पुस्तकको औपचारिक विमोचन स्थगन गरिएको थियो ।

प्रज्ञा सम प्रेक्षालयमा साँझ ५:३० बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?