+
+
Shares

सरकारसँग सहमतिपछि गरियो गरिमाको अन्त्येष्टि

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ७ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार कलैया उपमहानगरपालिका १४ बघवनस्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको छ।
  • सरकारसँग शनिबार राति सहमति भएपछि परिवारले आइतबार कलैया प्रादेशिक अस्पतालको शवगृहबाट गरिमाको शव बुझेर अन्त्येष्टि गरेको हो।
  • बालिकाको अन्तिम संस्कारमा बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।

७ भदौ, बारा । बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ ।

गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकामस्थित कलैया प्रादेशिक अस्पतालको शव गृहमा थियो । गरिमाको हत्याविरुद्ध बुधबारबाट भएको सडक संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरेका हुन् ।

कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए ।

सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं गएका मृतक गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंबाट फर्किएपछि प्रहरीले शव बुझ्न कलैया अस्पताल लगेको थियो ।

बालिकाको अन्तिम संस्कारमा बाराका प्रमूख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरिक्षक नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी थिए ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?