+
+
Shares

गरिमा चौधरीका आमा–बुबासँगको छलफलमा कानुनमन्त्री सोविता गौतम पनि जोडिइन्

यसअघिदेखि नै गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले  गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते २०:५९

६ भदौ, काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा-बुबासँग गृहमन्त्रालयमा जारी छलफलका लागि कानुनमन्त्री सोविता गौतम पनि पुगेकी छन् ।

यसअघिदेखि नै गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले  गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल गरिरहेको छ ।

छलफलमा कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालयमा छन् । उनीसँगै अब कानुनमन्त्री गौतम पनि सहभागी भएकी हुन् ।

यसअघि छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?