+
+
Shares

गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १९:३३

६ भदौ, काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।

अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ ।

छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन् ।


छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालयमा छिन् ।

गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशभरका विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?