+
+
Shares

‘इरानविरुद्धको नयाँ प्रतिबन्धमा अमेरिकालाई चीन र रुसले साथ दिदैनन्’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ६:५४

८ भदौ, काठमाडौं । चीन र रुसले अमेरिकालाई साथ नदिने अन्तर्राष्ट्रिय सम्बन्धका शोधकर्ता मोहसेन फरखानीले बताएका छन्। अमेरिकाले इरानविरुद्धको  नयाँ प्रतिबन्धमा आफ्ना सहयोगी मुलुकलाई सहभागी गराउने प्रयास गरे पनि त्यसले समर्थन पाउन नसक्ने उनको भनाइ छ।

अलजजिरासँगको कुराकानीमा उनले चीन र रुसले अमेरिकाले लगाएको प्रतिबन्धमा सहभागी नहुने दाबी गरेका हुन् । उनका अनुसार चीनका लागि इरान महत्वपूर्ण आर्थिक साझेदार हो, किनकि इरानले ठूलो परिमाणमा तेल चीन निर्यात गर्दै आएको छ।

फरखानीका अनुसार प्रतिबन्धका बाबजुद इरानसँग विश्व व्यापारका महत्वपूर्ण मार्गमा प्रभाव कायम छ। विशेषगरी हर्मुज जलडमरूमध्य र बाब अल-मन्देब क्षेत्रमा इरानसँग प्रभाव प्रयोग गर्ने क्षमता रहेको उनको भनाइ छ।

उनले अमेरिकाको सुरक्षासम्बन्धी प्रतिबद्धताप्रति क्षेत्रीय मुलुकको विश्वास घट्दै गएको पनि बताए। उनका अनुसार अमेरिका आफ्ना सहयोगी मुलुकलाई प्रभावकारी सुरक्षा प्रदान गर्न सक्षम र विश्वसनीय नरहेको धारणा बढेको छ।

त्यसैले अमेरिकाले लगाउने नयाँ प्रतिबन्ध प्रभावकारी नहुने र चीन, रुसलगायत महत्वपूर्ण मुलुक सहभागी नहुँदा ती एकपक्षीय प्रतिबन्धमा सीमित हुने फरखानीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?