News Summary
Generated by OK AI. Editorially reviewed.- तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ कार्यक्रम झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस र गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीमा काठमाडौंमा आयोजना गरिएको छ।
- नेपाल तामाङ घेदुङ र सहआयोजक संस्थाले तामाङ समुदायको मौलिक संस्कृति र परम्परा अभिलेखीकरण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेका थिए।
- कार्यक्रममा वरिष्ठ संगीतकार एवं सेलो गायक चन्द्रकुमार दोङलाई विशेष सम्मान गरिएको छ।
८ भदौ, काठमाडौं । ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ कार्यक्रम आयोजना गरिएको छ।
तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।
नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रमको मुख्य उद्देश्य तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने थियो ।
झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा पुर्याएको योगदानका बारेमा नेपाल तामाङ संस्कृति घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामाले चर्चा गरेका थिए ।
लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक-तामाङले झ्याम्याङ लामा तामाङ समुदायका संस्कार संस्कृति लगायतका विषयमा पुर्याएको योगदानबारे व्याख्या गरेका थिए ।
कार्यक्रममा गायिका कुन्ति माेक्तानले गाेपाल याेञ्जनकाे गीत प्रस्तुत गरेकी थिइन् भने छेवाङ तेन्जिङ लामाले गाेपाल याेञ्जनको ङाला डम्फु गीत प्रस्तुत गरेका थिए ।
नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार एवं सेलो गायक चन्द्रकुमार दोङलाई विशेष सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4