+
+
Shares

डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ७:४७

८ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाटा सेन्टरको विस्तारको समर्थन गर्दै यसको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेको बताएका छन् । पूर्व सहयोगी माइकल कोहेनसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन्।

अन्तर्वार्तामाअमेरिका एआईमा चीनभन्दा धेरै अगाडि रहेको ट्रम्पले दाबी गरे। डाटा सेन्टरहरूले राष्ट्रिय ग्रिडबाट बिजुली नलिएको उनले बताए। ‘उनीहरूले आफ्नै पावर प्लान्टहरू बनाइरहेका छन्। उनीहरूले सुन्दर पावर प्लान्टहरू बनाइरहेका छन्, तपाईंहरूले यस्ता पावर प्लान्टहरू कहिल्यै देख्नुभएको छैन’, ट्रम्पले भने।

डाटा सेन्टरले धेरै रोजगारी सिर्जना गर्ने भएकाले डाटा सेन्टर स्वीकार नगर्ने समुदायले ठूलो गल्ती गरिरहेको ट्रम्पको भनाइ छ। ‘डाटा सेन्टर स्वीकार नगर्ने समुदायहरूले गल्ती गरिरहेका छन्’, ट्रम्पले थपे।

ट्रम्पको यो भनाइ डाटा सेन्टरहरूको विरोध भइरहेको समयमा आएको हो।केही डाटा सेन्टरहरूले आफ्नै पावर प्लान्ट बनाइरहेका छन्। अन्य केहीले भने राष्ट्रिय ग्रिडबाटै बिजुली लिनेछन्।

डेमोक्रयाटिक र रिपब्लिकन दुवै दलका नेताहरूले भने डाटा सेन्टरको आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?