+
+
Shares

गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु

गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १७:३२

८ भदौ, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको सोमबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान पैदलयात्रा गर्ने क्रममा अचानक सडकबाट करिब १५० मिटर तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?