+
+
Shares

बाढीका कारणले मनकामना केबलकार बन्द गरियो

मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि चितवनको मनकामना केबलकार ११ः३० बजेदेखि बन्द गरिएको छ।
  • मनकामना केबलकारका डिजीएम उज्ज्वल शेरचनले बाढीको सतह बढ्न सक्ने जोखिमका कारण सुरक्षा सतर्कतासहित सञ्चालन रोकेको बताए।
  • बाढीका कारण पृथ्वीराजमार्गमा चल्ने गाडी पनि रोकिएका छन्।

१० भदौ, काठमाडौं । अप्रत्यासीत आएको बाढीका कारणले चितवनस्थित मनकामना केबलकार बन्द गरिएको छ ।

रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो । मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए । ‘केबलकार सञ्चालन भएकै क्षेत्रसम्म त बाढी आइपुगेको छैन । बाढीको सतह माथिसम्म आउन सक्ने भएको हुँदा सुरक्षाका कारणले केबल कार बन्द गरेका छौं ।’

बाढीका कारणले पृथ्वीराजमार्गमा चल्ने गाडीहरु पनि रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?