News Summary
Generated by OK AI. Editorially reviewed.- इस्टु कार्कीले अनामनगरमा ‘फ्लिप एन्ड इट’ क्याफे सञ्चालनमा ल्याएकी छन् ।
- ८० वर्षिया हजुरआमाले केक काटेर क्याफे उद्घाटन गरिन्, र कलाकार संजोग कोइराला कार्यक्रममा उपस्थित थिए ।
- इस्टुले झन्डै ४० लाख रुपैयाँ लगानीमा क्याफे शुरू गरेको र व्यवसायलाई कन्टेन्ट क्रियसनभन्दा फरक यात्रा भनेकी छन् ।
काठमाडौं । कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले व्यवसाय थालेकी छन् । उनले अनामनगरमा ‘फ्लिप एन्ड इट’ क्याफे संचालनमा ल्याएकी छन् ।
८० वर्षिया हजुरआमाको हातबाट केक काटेर क्याफे उद्घाटन गराइन् । सो अवसरमा कलाकार तथा कन्टेन्ट क्रिएटर संजोग कोइराला लगायतको उपस्थिती थियो ।
झन्डै ४० लाख रुपैयाँभन्दा बढी लगानीमा सुरु गरिएको क्याफे इस्टुका लागि कन्टेन्ट क्रियसनभन्दा भिन्न यात्रा हो । व्यवसाय गर्नु र व्यवसायको भिडियो बनाउनु फरक कुरा रहेको उनले सो अवसरमा बताइन् ।

कन्टेन्ट क्रियसनमा सक्रिय उनले तीन वर्षदेखि निरन्तर सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै आएकी छन् । एउटै काम गरिरहँदा थकान महसुस हुन थालेपछि नयाँ कुरा सिक्ने, बुझ्ने र आफूलाई फेरि नयाँ रूपमा निर्माण गर्ने चाहनाले व्यवसायमा हात हालेको उनले बताउँदै आएकी छन् ।
क्याफे उद्घाटनका क्रममा इस्टुकी हजुरआमाले नातिनीको खुलेर प्रशंसा गरिन् । सानैदेखि इस्टुमा हिम्मत र आँट रहेको बताउँदै उनले नातिनीले नयाँ काम सुरु गरेकोमा खुसी व्यक्त गरिन् ।
प्रतिक्रिया 4