+
+
Shares

रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले आज बिहान रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गरेको छ।
  • उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्।
  • मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट ७ जना नेपाली नागरिकलाई पनि सफलतापूर्वक इभाकुएसन गरिएको छ।

११ भदौ, काठमाडौं । रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ ।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।

यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?