+
+
Shares

रसुवा बाढी : रोल्पाका एकै परिवारका ४ जना बेपत्ता

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ भदौ ११ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि रोल्पा परिवर्तन गाउँपालिका-६ का एकै परिवारका ४ जना बेपत्ता भएका छन्।

११ भदौ, रोल्पा । रसुवाको बाढीका कारण रोल्पाका एकै परिवारका ४ जना बेपत्ता भएका छन् । जिल्ला रोल्पा परिवर्तन गाँउपालिका-६ घर भएका

४० वर्षीय कुलप्रसाद बुढा मगर, उनकी श्रीमती ३६ वर्षीया मीना घर्ती, २१ वर्षीय छोरा डीप बुढा र ४ वर्षकी छोरी खुसी बुढा रहेका छन् । उनीहरू विगत ८–९ वर्षदेखि रसुवाको टिमुरे बजारमा किराना पसल र मासु पसल चलाएर बस्दै आएका थिए ।

बाढीपछि उनीहरू सम्पर्कविहीन रहेको कुलप्रसादका भाइ भीम प्रकाश बुढामगर जानकारी दिए ।

रोल्पामा करिब ३० जना भन्दा बढी बेपत्ता भएको अनुमान

रोल्पाका ३० जना भन्दा बढी बेपत्ता भएको आकलन गरिएको छ । माडी गाउँपालिका-३ र ५ गरी २ जना, सुनिल स्मृति गाउँपालिका-६ का करिब २२ जना, गंगादेव गाउँपालिकाको १ जना, रुन्टिगढी गाउँपालिकाको ७ जना र रोल्पा नगरपालिकाको १ रहेको अनुमान गरिएको छ ।

आधिकारिक विवरण संकलन भइरहेको र साँझसम्म यथार्थ विवरण उपलब्ध हुने रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?