११ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाढी पीडितलाई राहत सामग्री उपलब्ध गराउन चाहनेका लागि सम्पर्क व्यक्ति तोकेको छ ।
काठमाडौं जिल्लाभित्र रहेका संघसंस्था, व्यक्ति, कम्पनी, क्लब वा नागरिकले बाढीपीडितलाई आवश्यक पर्ने खाद्यान्न, लुगा, लत्ताकपडा, भाँडाकुँडा वा अन्य प्रकारका घरायसी प्रयोजनका सामग्री उपलब्ध गराउन चाहे एकद्वार प्रणालीमार्फत संकलन गरिरहेको बेहोरा उल्लेख गर्दै जिल्ला प्रशासनले त्यसका लागि सम्पर्क व्यक्ति तोकेको हो ।
प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गरेर काठमाडौं जिल्लामा राहत सामग्री उपलब्ध गराउन चाहने व्यक्ति तथा संस्थाले प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क भनेको छ ।
बर्देवाको मोबाइल नं. ९८४१७९८५४२ मा सम्पर्क गरेर राहत सामग्री उपलब्ध गराउन सकिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।
यसरी संकलित भएको राहत सामग्री सम्बन्धित जिल्लाको सुरक्षा निकाय एवं राहत उद्धारमा प्रत्यक्ष रूपमा खटिएका काठमाडौंस्थित सुरक्षा निकाय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र व्यवस्थापनमा पीडितसम्म पुर्याउने व्यवस्थ मिलाइने प्रशासन कार्यालयले भनेको छ ।
नगद सहयोग गर्न चाहनेहरूले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर वा दिएको क्युआरमार्फत सिधैं खातामा मात्र रकम जम्मा गर्न सकिने काठमाडौं प्रशासनले जनाएको छ ।

प्रतिक्रिया 4