+
+
Shares

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १२:४८

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेै यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर उनले सरकारले गर्नुपर्ने कामहरू के कस्ता हुन भनेर बुँदागत रुपमा समेत दिएका छन् । जसमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिनुपर्ने विषय छ । ‘अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्’ उनले भनेका छन्, ‘सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस् ।’

यसअघि आङदेम्बे नुवाकोट लगायतका क्षेत्रमा आफैँ निरिक्षणमा गएका थिए । निरिक्षणका क्रममा आङदेम्बेले गृहमन्त्री सुधन गुरुङलाई समेत भेटेका थिए ।

काठमाडौं फर्किएपछि आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेका हुन् । भेटमा आङदेम्बेले हवाई उद्धारलाई थप प्रभावकारी बनाउन भनेका छन् ।

उनले प्रधानमन्त्री शाहलाई भनेका छन्, ‘नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?