+
+
Shares

प्रधानमन्त्रीका सल्लाहकार भेटेर रास्वपा सभापति भेट्न बनस्थली पुगे बागमतीका मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १७:१४

१४ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकालसँग भेट गरेका छन् ।

रसुवाको विनाशकारी बाढीपछिको अवस्थाका सन्दर्भमा उनीहरूबीच भेट भएको हो । मुख्यमन्त्री थापा मगरले आइतबार बिहान प्रधानमन्त्रीका सल्लाहकार ढकालसँग भेटेको जानकारी दिए ।

मुख्यमन्त्री थापा दिउँसो रास्वपा सभापति रवि लामिछाने भेट्न पार्टी कार्यालय बनस्थली घण्टीघर पुगे ।

भेटमा विपद्पछिको अवस्थामा तीन तहको सरकारका बीचमा समन्य भएर काम गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री थापा मगरले जानकारी दिए ।

‘राहत वितरण र पछि पुर्नस्थापनाको सन्दर्भमा समेत संघ सरकारले आवश्यक साधन र स्रोतको संकन गर्ने, प्रदेशले समन्वय गर्ने र स्थानीय तहबाट वितरण गर्नेमा हामी सहमत भएका छौं’ मुख्यमन्त्री थापा मगरले भने ।

रास्वपा सभापति लामिछानेको सचिवालयले पनि मुख्यमन्त्री मगरसँगको भेटमा तीन तहका सरकारबीच समन्वय भएर काम गर्नुपर्ने विषयमा छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा मुख्यमन्त्री मगरले रास्वपा सभापति लामिछानेसँग दुःख व्यक्त गरेका थिए ।

साथै, प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथी पुर्याउन असहज भएको मुख्यमन्त्रीले जानकारी गराए ।

रास्वपा सभापति लामिछाने विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्न सुझाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?