+
+
Shares

रसुवा बाढी : चीनद्वारा २० लाख अमेरिकी डलर सहयोग

छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ ।

रासस रासस
२०८३ भदौ १४ गते २१:४०

१४ भदौ, काठमाडौं । छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

राजदूत माओमिङले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरिएको दुई लाख अमेरिकी डलरसमेत हस्तान्तरण गरेका छन् ।

राजदूत माओमिङले नेपाल र चीनका लागि अहिलेको प्रमुख कार्य पहिरो विपत्तिको सामना गर्नु रहेको बताए ।

नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनियाँ सुरुङ उद्धार टोलीमार्फत विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत माओमिङले बताए ।

चिनियाँ पक्षले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्वीर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

सो अवसरमा मन्त्री वाग्लेले चीनको सहयोगप्रति आभार व्यक्त गर्दै कठिन समयमा दुवै देशबीच देखिएको गहिरो मित्रताको उच्च प्रशंसा गरे । उनले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद् प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने तथा विपद्पछिको योजना र पुन:निर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?