+
+
Shares

प्रियंका कार्कीको ‘मास्टर्नी’ ले आइतबारसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:३९
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ले आइतबारसम्म घरेलु बक्सअफिसमा ३९ लाख ५२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ।
  • ‘हली’ले सोही अवधिसम्म २३ लाख ११ हजार रुपैयाँ ग्रस कमाएको छ भने यसलाई ८ हजार ४६३ जनाले हेरेका छन्।
  • ब्लकबस्टर फिल्म ‘गौंथली’को कमाइ २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने यसलाई ९ लाख ३१ हजार ६२७ जनाले हेरेका छन्।

काठमाडौं । प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ले घरेलु बक्सअफिसमा कमजोर ब्यापार गरेको छ । फिल्मले आइतबारसम्म ३९ लाख ५२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

सोही अवधिसम्म यो फिल्मलाई ११ हजार ९९६ जनाले हेरेका छन् ।

‘हली’ले २३ लाख ११ हजार रुपैयाँ ग्रस कमाएको छ । यसलाई ८४६३ जनाले हेरेका छन् । ‘लज्जावती’ले ७ लाख ७५ हजार रुपैयाँ कमाएको छ । यसलाई २७३५ जना दर्शकले हेरेका छन् ।

ब्लकबस्टर फिल्म ‘गौंथली’को कमाइ २५ करोड नाघेको छ । यो फिल्मले अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ कमाएको छ ।

यो फिल्मलाई सोही अवधिसम्म ९ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?